२६ सय विन्दुमाथि उक्लियो नेप्से, सबै समूहमा हरियाली
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोारो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.८३ प्रतिशत अर्थात ४७.५५ अंकले बढेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८४ प्रतिशतले बढेर ४४६.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ५७ कित्ता सेयर ५ अर्ब ३६ करोड...

