नेप्सेमा लगातार दुईदिन उच्च वृद्धि, सबै समूहमा हरियाली
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.२३ प्रतिशत अर्थात ५८.६३ अंकले बढेर २ हजार ६८२.२५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढेर ४६४.३६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर...

