नेप्सेमा झिनो अंकको गिरावट, सेयर खरिद बढ्ने खालका नीति आए बजारले रुप फेर्ने विज्ञको ठहर
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात १.६६ अंकले घटेर २ हजार ६०७.३७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४४६.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९...

