अन्तर्राष्ट्रिय बजारमा बढ्यो सुनको मूल्य, यस्तो छ कारण
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.२२ प्रतिशत अर्थात ७.३९ डलरले बढेको छ । यो मूल्यवृद्धि सँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३४१ डलर कायम भएको छ । अमेरिकार चीनबीचको व्यापारिक छलफल अन्तिम मोडमा पुगेसँगै बढेको अनिश्चितता र विश्व बैंकले यो वर्षको लागि विश्वको आर्थिक वृद्धिदरमा कटौती गरेसँगै सुनको मूल्य उकालो लागेको हो ।