सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य पुनः १ लाख ९० हजार पार पुगेको छ । आज प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दै सुनको भाउले १ लाख ९० हजारको आँकडा पार गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।

