सुनको मूल्य एकैदिन २६ डलरले बढ्यो, चाँदीको भाउ १४ वर्षकै उच्च
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विगत ४ महिनाकै उच्च कायम भएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्ने उच्च सम्भावनाका बीच सुनको मूल्य आकाशिएको हो । आजको कारोबारमा सुनको मूल्य ०.७७ प्रतिशत अर्थात २६.६३ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ४७४ डलरमा कारोबार भईरहेको...

