मंगलवार, फाल्गुन ५,२०८२ 11:06:01
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:06:01
Bizshala
Global IME Bank Limited

चाँदीको मूल्यमा फेरि ऐतिहासिक उछाल, सुन पनि रेकर्ड स्तरमा

चाँदीको मूल्यमा फेरि ऐतिहासिक उछाल, सुन पनि रेकर्ड स्तरमा
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा लगातार उछाल आइरहेको छ । आज पनि यो क्रमले निरन्तरता पाएको छ ।  

अन्तराष्ट्रिय बजार खुलेलगत्तै आज चाँदीको मूल्यमा ६.३७ प्रतिशतको उछाल आएको छ । योसँगै चाँदीको मूल्य प्रति ट्रोय औंस ९२ डलरको ऐतिहासिक उचाईमा पुगेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

चाँदीको मूल्य पछिल्लो एक महिनामा ३६.२१ प्रतिशतको उछाल आइसकेको देखिएको छ । यस्तै पछिल्लो ६ महिनामा चाँदीको मूल्य १२९ प्रतिशत तथा एक वर्षमा १८२ प्रतिशतको उछाल आइसकेको छ ।  

विज्ञहरुले चाँदीको बढ्दो विश्वव्यापी प्रयोगसँगै यसको मूल्य अझै माथि पुग्ने प्रक्षेपण गरिरहेको समयमा मूल्यमा दैनिक नयाँ रेकर्ड बनिरहँदा यो क्रमले अझै निकै ठूलो उचाई चुम्ने सम्भावना देखिन्छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पनि निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा सुनको मूल्य प्रति औंस ४१ डलरले बढेर ४६३३ डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।  

सुनको मूल्य पछिल्लो एक महिनामा करिब ७ प्रतिशत, ६ महिनामा ३८ प्रतिशत तथा पछिल्लो एक वर्षमा ७०.४१ प्रतिशतको बढोत्तरी भइसकेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.