सुन र चाँदी दुवैको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

