पहिलो प्रधानमन्त्रीपछि मुलुकले पायो पहिलो महिला महान्यायाधिवक्ता
काठमाण्डौ । नवगठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। ९९ वर्षीय कानुनविद् कृष्णप्रसाद भण्डारीकी छोरी सबिता, नेपालको इतिहासमै प्रथम महिला महान्यायाधिवक्ता बन्ने गौरव हासिल गरेकी हुन्।यो नियुक्ति पूर्व महान्यायाधिवक्ता केशव बडालको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेपछि भएको हो।