शितल निवास अगाडि सेनासँग कुलमानका समर्थकको लफडा, प्रदर्शनकारी ताक्दै एक्सन लिए सिपाहीले(फोटो फिचर)
काठमाण्डौ । महाराजगञ्जस्थित शितल निवास अगाडि एउटा समूह पुगेर नाराबाजी गर्न थालेपछि नेपाली सेनाले बन्दूक तेस्र्याएर एक्सन लिएको छ । निषेधाज्ञा खुलेको समय पारेर कुलमान घिसिंग र हर्क साम्पांगका समर्थकहरुले शितल निवास अगाडि नै नाराबाजी र होहल्ला गरेपछि सेना हाई अलर्टमा बसेको हो ।