अर्बौं लगानी भएका चार जलविद्युत् आयोजना रोक्न दबाब, प्रशासनसँगको सहमति दुई दिनमै अस्वीकार
काठमाण्डौ। अर्बौं रुपैयाँ लगानी भइसकेका सङ्खुवासभाको सङ्खुवा–सिसुवा खोला करिडोरका चार जलविद्युत् आयोजना रोक्न स्थानीय प्रभावितले दबाब बढाएका छन्। जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजनाको काममा अवरोध नगर्ने सहमति गरेको केही दिनमै स्थानीयको एक समूहले उक्त सहमति अस्वीकार गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो।स्थानीयले करिडोरमा...

