चुनाव सम्पन्न गराएकोमा सुशीला कार्कीलाई भारतको बधाई
काठमाण्डौ । नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले खुशी व्यक्त गर्दै बधाई दिएको छ।भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा नेपालमा सम्पन्न निर्वाचनलाई स्वागत गर्दै निर्वाचनपछि गठन हुने नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको जनाएको छ।

