राष्ट्र बैंककै हैसियतमा सेबोनलाई उभ्याउन अर्थमन्त्रीको निर्देशन, ‘विचलनरहित र गह्रुँगो नियामक बन्नुस्’
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेपाल राष्ट्र बैंकजत्तिकै सशक्त, विश्वसनीय र प्रभावकारी नियामक संस्थाका रूपमा विकास गर्न निर्देशन दिएका छन्।सोमबार ललितपुरको खुमलटारस्थित सेबोन कार्यालयको निरीक्षण भ्रमणका क्रममा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले पूँजीबजार नियमनमा कुनै पनि प्रकारको विचलन स्वीकार्य नहुने स्पष्ट संकेत...

