मंगलवार, भाद्र ९,२०८३ 08:44:49
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 08:44:49
Bizshala
Global IME Bank Limited

ग्राहकको पैसा चलाउन नपाइने, ब्रोकरले कारोबार र सञ्चालनका लागि अलग-अलग बैंक खाता राख्नुपर्ने

ग्राहकको पैसा चलाउन नपाइने, ब्रोकरले कारोबार र सञ्चालनका लागि अलग-अलग बैंक खाता राख्नुपर्ने
New Office

काठमाडौं। नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई आफ्नो कार्यालय सञ्चालन र लगानीकर्ताको धितोपत्र कारोबारका लागि जम्मा हुने रकम अलग–अलग बैंक खातामार्फत परिचालन गर्न निर्देशन दिएको छ।

बोर्डको निरीक्षणका क्रममा कतिपय ब्रोकरले सञ्चालन खर्च र ग्राहकको धितोपत्र कारोबारसँग सम्बन्धित सम्पूर्ण रकम एउटै बैंक खाताबाट परिचालन गरेको भेटिएपछि यस्तो निर्देशन जारी गरिएको हो।

अब ब्रोकरले आफ्नो व्यावसायिक सञ्चालनका लागि प्रयोग गर्ने रकम र लगानीकर्ताको सेयर खरिद–बिक्रीसँग सम्बन्धित रकम फरक–फरक बैंक खातामा राख्नुपर्नेछ। यसबाट ग्राहकको रकम ब्रोकरको सञ्चालन खर्च वा अन्य प्रयोजनमा प्रयोग हुने जोखिम नियन्त्रण हुने अपेक्षा गरिएको छ।

बोर्डले धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सम्पूर्ण धितोपत्र दलाल तथा व्यापारीलाई चारबुँदे निर्देशन जारी गरेको हो।

Bizshala
CG Motors

गुनासा सम्बोधन गर्न छुट्टै इकाइ अनिवार्य

बोर्डले प्रत्येक ब्रोकर कम्पनीमा ‘लगानीकर्ता गुनासो समाधान इकाइ’ अनिवार्य रूपमा गठन गर्न निर्देशन दिएको छ।

धितोपत्र कारोबारसम्बन्धी ग्राहकका गुनासा नेपाल सरकार तथा विभिन्न नियामकीय निकायसम्म पुग्ने गरेको भन्दै ब्रोकर कम्पनीभित्रै प्रभावकारी समाधान र सुनुवाइको व्यवस्था मिलाउनुपर्ने बोर्डले जनाएको छ।

ब्रोकरले गुनासो दर्तादेखि समाधानसम्मको स्पष्ट कार्यप्रवाह अर्थात् ‘वर्कफ्लो’ तयार गर्नुपर्नेछ। साथै, महिनाभर प्राप्त भएका गुनासा, तिनको प्रकृति र समाधानको विवरण प्रत्येक महिना सकिएको तीन कार्यदिनभित्र धितोपत्र बोर्डमा पेस गर्नुपर्नेछ।

यो व्यवस्थाले ग्राहकको गुनासो दबाउने वा लामो समयसम्म बेवास्ता गर्ने प्रवृत्तिमा अंकुश लाग्ने र ब्रोकरको जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ।

सेयर बेचेको पैसा टी प्लस टूभित्रै दिनुपर्ने

बोर्डले धितोपत्र कारोबारको ‘टी प्लस टू’ अवधिभित्रै ग्राहकलाई बिक्री रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न ब्रोकरहरूलाई निर्देशन दिएको छ।

अर्थात्, लगानीकर्ताले सेयर बिक्री गरेपछि निर्धारित राफसाफ अवधिभित्रै रकम पाउनुपर्नेछ। सेयर बिक्रीको रकम उपलब्ध गराउन अनावश्यक ढिलाइ गर्ने, लगानीकर्तालाई पटक–पटक ब्रोकर कार्यालय धाउन बाध्य बनाउने वा भुक्तानी रोकेर राख्ने अभ्यासमाथि बोर्डले कडाइ गर्न खोजेको देखिएको छ।

यसअघि बोर्डले नेप्सेलाई पनि टी प्लस टू अवधिभित्र ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको थियो। नेप्से र ब्रोकर दुवैलाई एउटै विषयमा निर्देशन दिइनुले बिक्री रकम भुक्तानीमा हुने ढिलाइलाई बोर्डले गम्भीर रूपमा लिएको देखिन्छ।

हरेक महिना वित्तीय साक्षरता कार्यक्रम

प्रत्येक ब्रोकर कम्पनीले महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

ब्रोकरको भूमिका कारोबार गराउने कार्यमा मात्र सीमित नराखी लगानीकर्तालाई धितोपत्र बजार, जोखिम, कारोबार प्रणाली र जिम्मेवार लगानीसम्बन्धी जानकारी गराउने दायित्वसमेत दिन खोजिएको हो।

बोर्डको नयाँ निर्देशनपछि ब्रोकरहरूले ग्राहकको रकम अलग खातामा राख्नुपर्ने, गुनासो समाधान इकाइ गठन गर्नुपर्ने, मासिक रूपमा गुनासोको विवरण बुझाउनुपर्ने, टी प्लस टूभित्र बिक्री रकम उपलब्ध गराउनुपर्ने र नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X