नयाँ CGT दरमा आर्यताराको सूचना, T+2 का कारण असोज ६ कै कारोबार लाभान्वित
काठमाण्डौ । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले आफ्ना ग्राहकलाई पूँजीगत लाभकर (CGT) को संशोधित दर कार्यान्वयनबारे जानकारी गराएको छ।कम्पनीले जारी गरेको सूचनाअनुसार नेपाल राजपत्रमा प्रकाशित नयाँ व्यवस्थाबमोजिम प्राकृतिक व्यक्तिले धितोपत्र बिक्रीबाट कमाएको पूँजीगत लाभमा लाग्ने कर दर परिमार्जन गरिएको छ।

