काठमाण्डौ । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)र्ले प्यान नम्बर र राष्ट्रिय परिचयपत्र नम्बर अपटेड गर्न अनुरोध गरेको छ ।
उक्त ब्रोकर कम्पनीबाट सेयर कारोबार गर्दै आएका ग्राहक तथा सेयर लगानीकर्तालाई प्यान नम्बर र परिचयपत्र अपडेट गर्न अनुरोध गरेको हो ।
कम्पनीका अनुसार ५ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबारका लागि प्यान नम्बर अनिवार्य गरिएको र तुरुन्तै अपडेट गर्न कम्पनीले भनेको छ ।
साथै टीएमएस अकाउन्ट खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले अपडेट गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले सहज तथा अवरोधरहित कारोबारका लागि आवश्यक विवरणहरु समयमै अपडेट गर्न अनुरोध गरेको छ ।

