युएईको आणविक ऊर्जा केन्द्रमा आक्रमण भएसँगै कच्चा तेलको मूल्यमा भारी वृद्धि, दुईसाताकै उच्च कायम
काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व समाधानका प्रयास प्रभावहीन देखिएपछि विश्व बजारमा ऊर्जा आपूर्तिको सुरक्षाप्रति चिन्ता बढेको हो।सोमबार ब्रेन्ट क्रुडको मूल्य १.८४ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल १११ डलर पुगेको छ । जुन पछिल्ला केही...

