आईतवार, असार १४,२०८३ 06:21:06
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:21:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीन बन्यो क्यानडाको सबैभन्दा ठूलो कच्चा तेल खरिदकर्ता

Laxmi Sunrise Bank Limited
चीन बन्यो क्यानडाको सबैभन्दा ठूलो कच्चा तेल खरिदकर्ता

काठमाण्डौ । क्यानडाका तेल निर्याकर्ताका लागि दशकौंदेखि दक्षिणतर्फको सीमा मुख्य गन्तव्यको रुपमा रहँदै आएको थियो । तर यतिबेला परिदृश्य बदलिँदै छ । क्यानडाका लागि बजारमा नयाँ खरिदकर्ताको उदय भएको छ ।  

त्यो नयाँ खरिदकर्ता हो– चीन । चीनले यतिबेला क्यानडाबाट ठूलो परिणाममा कच्चा तेल खरिद गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको व्यापार नीतिले निम्त्याएको विवादका कारण क्यानडाको कच्चा तेलको निर्यातको दिशा यस वर्षको सुरुदेखि बदलिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकासँग बढेको व्यापारिक असमझदारीसँगै क्यानडाले ट्रान्स माउन्टेन पाइपलाइनको विस्तार गरेर तेलको आपूर्तिलाई सहज बनायो । यो पाइपलाइन ८ लाख ९० हजार ब्यारेल प्रतिदिनको नयाँ क्षमताका साथ सन् २०२४ बाट सञ्चालनमा आएको थियो । यो पाइपलाइनको विस्तारसँगै चीनमा क्यानडाबाट हुने कच्चा तेलको दैनिक औषत आपूर्ति २ लाख ७ हजार ब्यारेल पुगेको छ । जुन अमेरिकामा निर्यात हुँदै आएको भन्दा बढी हो ।  

अमेरिकामा क्यानडाबाट औषत दैनिक १ लाख ७३ हजार ब्यारेल कच्चा तेल निर्यात हुँदै आएको छ ।  

विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ताको रुपमा रहेको चीनले मूल्यमा आएको गिरावटको फाइदा उठाउँदै यो वर्ष ठूलो परिणाममा कच्चा तेल खरिद गरेर तेलको मौज्जाद बढाईरहेको छ । चीनले यो वर्ष दैनिक ९ लाख ९० हजार ब्यारेल कच्चा तेलको भण्डारण गरिरहेको छ । मूल्यमा गिरावट आएसँगै यो दर अझै बढ्ने अपेक्षा गरिएको छ ।  

चीनले तेल भण्डारणका लागि थप ११ वटा भण्डारण गृहको निर्माण गर्दैछ । रोयटर्सको रिपोर्टका अनुसार यी भण्डारण गृहको क्षमता १६९ मिलियन ब्यारेलको हुनेछ । यो भनेको दुई साताभरको निर्यातबराबर हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.