आईतवार, फाल्गुन ११,२०८१ 02:46:45
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:46:45
IME remit
Global IME Bank Limited

सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको सहमती

Hyundai Nepal
सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको सहमती
Nabil Bank Limited

काठमाण्डौ । पेट्रोलियम उत्पादक तथा निर्यातकर्ता देशहरु र यसका साझेदारहरुको संस्था, ओपेक प्लसले तेल उत्पादन कटौती सन् २०२५ सम्मका लागि लम्ब्याउने सम्झौता गरेको छ । ओपेक प्लसले सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने सम्झौता गरेको हो ।  

गत वर्षको डिसेम्बरमा भएको सम्झौता यो महिनामा समाप्त हुँदैछ । सन् २०२२ र २३ मा दैनिक ३.६६ मिलियन ब्यारेल तेलको उत्पादन कटौती गर्ने सम्झौता भएको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

ओपेक प्लसले सन् २०२५ मा सदस्य र गैर–सदस्यका लागि उत्पादनको आवश्यकता समेत सार्वजनिक गरेको छ । जुन यस वर्षको जस्तै रहेको छ । युएईको उत्पादन कोटा प्रतिदिन ३ लाख ब्यारेलले बढाइएको छ । ओपेक प्लसले विश्वको कच्चा तेलको कुल आपुर्तिमा गरेको ५.७ प्रतिशत कटौती र मध्य–पूर्वमा जारी तनावका बाबजुत गत अप्रिलमा ५ महिनाकै उच्च विन्दुमा पुगेको तेलको मूल्य अहिले १० प्रतिशतले घटिसकेको छ ।  

गत शुक्रबार ब्रेन्ट क्रुड आयल प्रतिब्यारेल ८२ डलरमा कारोबार भएको थियो । जुन अप्रिलको प्रतिब्यारेल ९१ भन्दा कम हो । त्यस्तै वेष्ट टेक्सस इन्टरमिडियट क्रुडको मूल्य पनि ८७ डलर प्रतिब्यारेलबाट घटेर ७८ डलर प्रतिब्यारेल कायम भएको छ ।  

अमेरिकाले रेकर्डस्तरमा गरेको तेलको उत्पादन वृद्धि र चीनमा घट्दो मागका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आईरहेको छ । चीन विश्वको सबैभन्दा ठूलो तेलक आयातकर्ता देश हो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.