लगानीकर्ताले एक वर्षमा लिए २२ अर्ब सेयर लोन, बजारमा किन देखिएन पैसा ?
बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा उल्लेख्य रूपमा बढेको छ। तर, त्यही अनुपातमा रकम सेयर बजारमा नआउँदा पछिल्लो समय बजारको कारोबार रकम भने खुम्चिँदै गएको देखिएको छ।चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्।गत आर्थिक वर्षको सोही अवधिसम्म यस्तो कर्जा १...

