शनिबार, आश्विन ३१,२०८३ 07:19:24
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 07:19:24
Bizshala
Global IME Bank Limited

लगानीकर्ताहरुले सेयर धितो राखेर लिए रु.१.५६ खर्ब बराबरको लोन, गत वर्षको तुलनामा ३१.८८% ले बढ्यो

Bizshala
लगानीकर्ताहरुले सेयर धितो राखेर लिए रु.१.५६ खर्ब बराबरको लोन, गत वर्षको तुलनामा ३१.८८% ले बढ्यो
New Office

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट डेढ खर्ब भन्दा बढी सेयर धितो कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५६ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।  

यो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८८ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म सेयर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट आफ्नो नामको सेयर धितो राखेर १ खर्ब १८ अर्ब ५० करोड १० लाख रुपैयाँ लोन लिएका थिए ।  

पछिल्लो समय बैंकहरुको ब्याजदर निरन्तर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह भने बढ्न पुगेको हो । सेयर लगानीकर्ताहरुले घट्दो ब्याजदरको कारण आफ्नो स्वामित्वमा रहेको सेयर धितो राखेर कर्जा लिएको तथ्याङ्कले देखाएको छ ।

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।  

तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सक्नेछ । तर अधिकांश सेयर धितो कर्जा सेयर खरिदमा नै प्रयोग हुने देखिएको छ ।  

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार सो अवधिसम्म वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब ३३ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिसम्मको तुलनामा ३८.६९ प्रतिशत बढी हो ।  

गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरबाट ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दुई बैंक नेपाल बैंक र सिटिजन्स बैंकबाहेक सबैले यस्तो कर्जा प्रवाह गत आवको तुलनामा बढाएका छन् । नेपाल बैंकको १०.५० प्रतिशत र सिटिजन्स बैंकको ८.८४ प्रतिशतले घटेको छ । 

सबैभन्दा बढी नबिल बैंकबाट लगानीकर्ताहरुले सेयर धितो राखेर कर्जा लिएका छन् । बैंकबाट १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर लोन प्रवाह भएको छ ।  

सबैभन्दा यस्तो कर्जा प्रवाह बढाउने बैंकमा भने कृषि विकास बैंक रहेको छ । बैंकले गत आवको तुलनामा २१६.९८ प्रतिशतले यस्तो कर्जा प्रवाह बढाएको छ ।  

त्यस्तै, विकास बैंकहरुको पनि यस्तो कर्जा प्रवाह ९.२४ प्रतिशत बृद्धि भएको छ । सो अवधिसम्म १३ विकास बैंकले १९ अर्ब ५२ करोड २६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत आवको फागुन मसान्तसम्म भने विकास बैंकहरुले १७ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

गरिमा विकास बैंक र ज्योति विकास बैंकबाहेक सबैले यस्तो कर्जा प्रवाह उल्लेख्य बढाएका छन् । सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ ।  

सबैभन्दा बढी यस प्रकृतिको कर्जा प्रवाह बढाउनेमा भने मितेरी डेभलपमेन्ट बैंक रहेको छ । यसले गत आवको तुलनामा १६१४.४५ प्रतिशतले यस्तो कर्जा बढाएको छ ।  

त्यस्तै, फाइनान्स कम्पनीहरुबाट प्रवाह हुने मार्जिक प्रकृतिको लोन अर्थात् सेयर धितो कर्जा भने गत आवको तुलनामा २७.६० प्रतिशतले घटेको छ ।  

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म १५ फाइनान्स कम्पनीले ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ मात्रै यस्तो कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको तुलनामा एक अर्ब १६ करोड रुपैयाँभन्दा कम हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले ४ अर्ब २३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।  

यस अवधिसम्म आइपुग्दा अधिकांश फाइनान्स कम्पनीहरुको यस्तो कर्जा प्रवाह घटेको छ । सेन्ट्रल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स बाहेक सबैको यस्तो कर्जा प्रवाह गत आवको तुलनामा घटेको छ ।  

सेन्ट्रल फाइनान्सको ९२.२५ प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ०.२१ प्रतिशतले यस्तो कर्जा प्रवाह बढेको छ । सबैभन्दा बढी घट्नेमा गोर्खाज फाइनान्सको ६८.८० प्रतिशतले घटेको छ ।  

फागुन मसान्तसम्म सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्नेमा मन्जुश्री फाइनान्स रहेको छ । यो कम्पनीले ६१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.