आईतवार, आश्विन ४,२०८३ 03:44:38
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 03:44:38
Bizshala
Global IME Bank Limited

लगानीकर्ताले एक वर्षमा लिए २२ अर्ब सेयर लोन, बजारमा किन देखिएन पैसा ?

लगानीकर्ताले एक वर्षमा लिए २२ अर्ब सेयर लोन, बजारमा किन देखिएन पैसा ?
New Office

बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा उल्लेख्य रूपमा बढेको छ। तर, त्यही अनुपातमा रकम सेयर बजारमा नआउँदा पछिल्लो समय बजारको कारोबार रकम भने खुम्चिँदै गएको देखिएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिसम्म यस्तो कर्जा १ खर्ब ४४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ थियो। यसअनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा २२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ।

प्रतिशतका आधारमा सेयर धितो कर्जा एक वर्षमा १५.२३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

सेयर लगानीकर्ताले आफूसँग रहेको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने क्रम बढे पनि त्यो रकम पूँजीबजारमा अपेक्षित रूपमा प्रवेश गरेको भने देखिँदैन।

सामान्यतः सेयर धितो कर्जा बढ्दा बजारमा तरलता र कारोबार रकमसमेत बढ्ने अपेक्षा गरिन्छ। तर पछिल्लो समय सेयर बजारमा दैनिक कारोबार रकम खुम्चिँदै गएको अवस्थाले सेयर धितो कर्जाबाट उठाइएको सबै रकम पुनः सेयर बजारमै लगानी नभएको संकेत गर्छ।

Shivam Cement
Bizshala
CG Motors

लगानीकर्ताले सेयर धितो राखेर लिएको कर्जा अन्य व्यक्तिगत, व्यावसायिक वा वित्तीय प्रयोजनमा प्रयोग गरेको हुनसक्ने देखिन्छ। कतिपय लगानीकर्ताले पुरानो कर्जा तिर्न, अन्य क्षेत्रमा लगानी गर्न वा तत्काल बजारमा प्रवेश नगरी नगद व्यवस्थापनका लागि समेत यस्तो कर्जा प्रयोग गरेको हुनसक्छ।

यसले एउटा चासोपूर्ण प्रश्न खडा गरेको छ, एक वर्षमै सेयर धितो कर्जा २२ अर्ब रुपैयाँले बढ्दा त्यो पैसा कहाँ गयो ?

Muktinath Bikas Bank Limited

बजारमा ठूलो रकम प्रवेश गरेको भए कारोबार रकम, माग तथा सेयर मूल्यमा त्यसको प्रभाव देखिनुपर्ने थियो। तर पछिल्ला दिनमा कारोबार रकम खुम्चिएको र लगानीकर्ताको सक्रियता कमजोर बनेको अवस्थाले सेयर धितो कर्जाको वृद्धिले तत्काल पूँजीबजारलाई अपेक्षित टेवा दिन नसकेको देखाउँछ।

यसअघि सेयर धितो कर्जामा रहेका विभिन्न सीमित व्यवस्था खुकुलो हुँदै जाँदा बैंकबाट यस्तो कर्जा लिने वातावरण सहज बनेको थियो। तर कर्जा वृद्धिसँगै बजारमा पूँजी प्रवाह नबढ्नुले लगानीकर्ताको मनोबल, बजारप्रतिको विश्वास तथा लगानी रणनीतिमा अझै सतर्कता कायम रहेको संकेतसमेत गर्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.