सुपर मादी हाईड्रोपावरको नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । आयोजनाको उत्पादनमा मेशिनको मर्मतको कार्य भएकाले कन्ट्राक्ट इनर्जीभन्दा कम उत्पादन भई सुपर मादी हाईड्रोपावर लिमिटेडको आम्दानीमा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विद्युत बिक्रीमार्फत ७४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.६० प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले...