काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।