बुधबार, श्रावण २७,२०८३ 12:19:39
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 12:19:39
Bizshala
Global IME Bank Limited

नदिमा पानीको बहाव कम हुँदा सुपर मादी हाईड्रोको आम्दानी घट्यो, नाफामा समेत १७% को गिरावट

Prabhu Bank Limited
नदिमा पानीको बहाव कम हुँदा सुपर मादी हाईड्रोको आम्दानी घट्यो, नाफामा समेत १७% को गिरावट
New Office

काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले कम हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी १५.४१ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमाफर्त ६० करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । यस त्रैमासमा आयोजनाको उत्पादनमा मेशिनको नियमित मर्मतको कार्य भएको तथा समयमा वर्षा नभएको कारण नदिमा पानीको बहाव कम भएकाले आम्दानी कमी आएको कम्पनीले जनाएको छ ।  

कम्पनीको वित्त खर्च ३८ करोड ४४ लाखबाट घटेर २८ करोड ९६ लाखमा सीमित बनेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १५ करोड ४ लाख रुपैयाँबराबर रहेको छ ।  

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४१ करोड ३५ लाख र कुल चालु दायित्व २६ करोड ३१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.०४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०६.८२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०४.१६ रुपेयाँ र तरलता अनुपात १.५७ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.