काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले कम हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी १५.४१ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमाफर्त ६० करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । यस त्रैमासमा आयोजनाको उत्पादनमा मेशिनको नियमित मर्मतको कार्य भएको तथा समयमा वर्षा नभएको कारण नदिमा पानीको बहाव कम भएकाले आम्दानी कमी आएको कम्पनीले जनाएको छ ।
कम्पनीको वित्त खर्च ३८ करोड ४४ लाखबाट घटेर २८ करोड ९६ लाखमा सीमित बनेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १५ करोड ४ लाख रुपैयाँबराबर रहेको छ ।
त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४१ करोड ३५ लाख र कुल चालु दायित्व २६ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.०४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०६.८२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०४.१६ रुपेयाँ र तरलता अनुपात १.५७ प्रतिशत कायम भएको छ ।