यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा...