काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कामना सेवा विकास बैंकले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आगामी असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।
यस्तै यूनिभर्सल पावरले ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा डाकेको छ ।