मंगलवार, फाल्गुन ५,२०८२ 10:36:27
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:36:27
Bizshala
Global IME Bank Limited

स्थगित भएको ३ महिनापछि यूनिभर्सल पावरले पुनः डाक्यो साधारण सभा

स्थगित भएको ३ महिनापछि यूनिभर्सल पावरले पुनः डाक्यो साधारण सभा
Shivam Cement

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले स्थगित साधारण सभाको मिति पुनः तय गरेको छ । पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गतेका लागि साधारण सभा डाकेको हो ।

सभा ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ । यसअघि गत असोज ३० गतेका लागि डाकिएको उक्त साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो ।

सभामा कम्पनीका सेयरधनीहरुका लागि ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सभामा चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर(कर बाहेक) जारी गर्ने, बोनस सेयर जारी गरेपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा आव २०७९/८०, २०८०/८१ र आव २०८१/८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८०, आव २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाछि छलफल गरी पारित गर्ने, आव २०८०/८१ लागि नियुक्त लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीबमोजिम २ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनाका लागि कम्पनीले गत असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्नका लागि योग्य हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.