आईतवार, असार १४,२०८३ 08:00:22
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:00:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सूचीकृत कम्पनीमा अराजकताको यो हद, सेयरधनी नगएपछि स्थगित एजीएमको ३ महिनापछि पनि छैन अत्तोपत्तो

Laxmi Sunrise Bank Limited
सूचीकृत कम्पनीमा अराजकताको यो हद, सेयरधनी नगएपछि स्थगित एजीएमको ३ महिनापछि पनि छैन अत्तोपत्तो

काठमाण्डौ । पछिल्लो समय नियामक निकायहरु आ आफ्नो स्वार्थमा केन्द्रीत हुँदा दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा अराजकताले हद नाघ्न थालेको छ ।  

सञ्चालक समितिबाट बोनस र हकप्रद सेयर जारीको निर्णय गरेर सेयरधनीलाई कम्पनीको सेयरतर्फ आकर्षित गरिए पनि अजेण्डा पारितका लागि समयमै एजीएम नगर्ने तथा कोरम(गणपुरक संख्या) नपुगेकै कारण स्थगित भएको एजीएम समेत हप्तौसम्म गर्न अत्तोपत्तो नहुने जस्ता अराजक गतिविधिहरु कम्पनीबाट भइरहँदा समेत नियामकहरु तै चूप मै चूप देखिएका छन् । नियामक बजारमा सूचीकृत कम्पनीहरुलाई जिम्मेवार, अनुशासित, जवाफदेही र पारदर्शी बनाउने जिम्मेवारी छाडेर, आफ्नो स्वार्थ पूरा गराउने खेलमा केन्द्रीत हुँदा सर्वसाधारण सेयरधनीमाथि पनि धोकामाथि धोका भइरहेको छ । 

New Office
CG Motors
Garima Development Bank

प्रसङ्ग हो, युनिभर्सल पावर कम्पनी लिमीटेडको । दोश्रो बजारमा यूपीसिएल कोडबाट कारोबार हुने गरेको यो कम्पनी त्यसै पनि समयमा वार्षिक साधारणसभा नगर्ने खराब परिचय बनाएको कम्पनी हो । यो कम्पनीले विगत तीन वर्षदेखि लगातार एजीएम गरेको थिएन ।  

कम्पनीले २०८२ भदौ ३० गते एक सूचना प्रकाशित गरी आर्थिक वर्ष  २०७९/८०, २०८०/०८१, ०८१/८२ को आर्थिक वर्ष एकैपटक २०८२ असोज २३ गते गर्ने निर्णय गरेको थियो ।  

सो साधारणसभामा विशेष प्रस्तावको रुपमा चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर जारी गर्ने, बोनस वितरणपछि कायम चुक्तापूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने विषय समेटिएको थियो । बोनस र त्यसलगत्तै हकप्रद समेत पाइने भएपछि लगानीकर्ताहरुमा यो कम्पनीप्रति आकर्षण बढेको थियो, एजीएम घोषणालगत्तै । यो कुरा त्यसबेलाको दोश्रो बजारमा यो कम्पनीको कारोबार तथा फ्लोरसिटले समेत पुष्टि गर्छ । साधारणसभामा बोनस सेयर र हकप्रदको समेत प्रस्ताव समेटिँदैछ भन्ने सूचना औपचारिक घोषणाअघि नै बाहिरिएका कारण युनिभर्सल पावरको दोश्रो बजारमूल्य प्रतिकित्ता ४८० सम्म पुगेको थियो । साधारणसभा हुने सुनिश्चितता नभएपछि हाल यसको दोश्रो बजार मूल्य ३६० प्रतिकित्ता हाराहारीमा घुमिरहेको छ ।  

सो साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एकदिन बुक क्लोज पनि गरेको थियो । तर सबै तयारी पूरा गरेर साधारणसभा आयोजना गरिए पनि कम्पनीले एकाएक असोज २३ गते नै नेपाल धितोपत्र बोर्डलाई एक पत्र र त्यसको बोधार्थ नेप्से तथा विद्युत नियमन आयोगलाई समेत पठाउँदै गणपुरक संख्या नपुगेका कारण साधारणसभा स्थगित भएको जानकारी गराएको थियो ।  

आवश्यक जति सेयरधनी उपस्थित नभएकै कारण साधारणसभा स्थगित गरेको कम्पनीले त्यसलगत्तै स्थगित सभा पुनः सुचारु गर्ला भन्ने सो कम्पनीको सेयर किनेर बसेका सेयरधनीमा आशा थियो । तर, सो साधारणसभा स्थगित भएको ३ महिना समय बित्नै लाग्दा समेत पुनः गर्ने विषयमा कुनै अत्तोपत्तो नभएको बजारका लगानीकर्ताहरुबाट गुनासो आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'यो स्तरको अराजकता कम्पनीहरुमा किन देखिँदैछ, धितोपत्र बोर्डदेखि नेप्से र विद्युत नियमन आयोगले समेत गम्भीरतापूर्वक लिनुपर्छ ।' यूपीएसलको बोनस सेयर र हकप्रदको लोभमा सेयर किनेर बसेका एक लगानीकर्ताले भने-'सेयरधनीको सम्पत्ति बन्धक बनाउने, समयमा साधारणसभा नगर्ने र सेयरधनीप्रति गैरजिम्मेवार बन्ने यस्ता कम्पनीमाथि कडा कारबाही हुन आवश्यक छ । सेबोन, नेप्से र विद्युत नियमन आयोग किन निदाएर बसेका छन् ?'

नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका प्रवक्ता मुराहरि पराजुलीले युनिभर्सल पावरले पछिल्लो तीन आर्थिक वर्षको एजीएम एकैपटक गर्न खोजे पनि स्थगित भएको प्रक्रियालाई पुनः अगाडि नबढाएको विषयमा स्पष्टीकरण सोध्ने  र कम्पनीलाई जवाफदेही बनाउने प्रमुख भूमिका विद्युत नियमन आयोगको हुने दाबी गरे । 'हामीसँग जलविद्युत कम्पनीमाथि एजीएम नगरेकै कारण डाइरेक्ट एक्सन लिने राइट हुँदैन ।'-उनले थपे ।  

विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले युनिभर्सलले समयमा एजीएम नगर्नु तथा रोकिएको प्रक्रिया पुनः सुचारुका लागि समेत लामो समय लिनु गलत रहेको दाबी गर्दै ढिलोचाँडो एजीएम नगरी नहुने बताए । 'युनिभर्सलले एजीएम नगरी सुखै छैन । पुसभित्रै गर्ने भनेर हामीकहाँ केही आएजस्तो लाग्छ, छलफलकै प्रक्रियामा होला । हामीबाट उसले प्रस्ताव गरेका हकप्रद र बोनस सेयर लगायतका विषयमा क्लियरेन्स पाएपछि मात्र उसले रोकिएको प्रक्रिया अगाडि बढाउला । हामी त्यो छिट्टै निर्णय गरिदिन्छौं ।'-उनले भने ।  

युनिभर्सल पावर कम्पनी लिमीटेडको सञ्चालक समितिको अध्यक्ष रहेका उत्तम भ्लोनले विद्युत नियमन आयोगबाट रोकिएको प्रक्रिया पुनः सुचारुका लागि क्लियरेन्स नआएका कारण एजीएम गर्न ढिलाई भएको स्पष्ट पारे । 'आयोगबाट क्लियरेन्स आएको एक हप्ताभित्र हामी एजीएम गर्नेछौं ।' स्वतन्त्र उर्जा उत्पादकहरुको छाता संस्था इप्पानका उपाध्यक्ष समेत रहेका उनले बिजशालासँग भने-'अब फेरि एजीएम गर्दा कोरम पुर्याउने गरी तथा सबै प्रक्रिया पूरा गरेर अगाडि बढ्छौं । लगानीकर्ताहरुलाई नअत्तालिन म आह्वान गर्छु ।'

(न्यूजमा प्रयोग गरिएको क्रियटिभ एआईले बनाएको हो ।)

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.