काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा स्थगित गरेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो।
कम्पनीले आव २०७९/८०, २०८०/८१ र आव २०८१/८२ को साधारण सभा एकैपटक डाकेको थियो ।
तर गणपूरक संख्या नपुगेकाले सभाको काम कारवाही अघि बढाउन नसकिएकाले साधारण सभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।