युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर दिने
काठमाण्डौ । गूगल र युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित समुदाय र कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर सहयोग गर्ने भएको छ । युट्युबका सीईओ निल मोहनले बुधबार आफ्नो ब्लग पोष्टमार्फत यसबारे जानकारी दिएका हुन् । उक्त सहयोग लस एन्जलसका सहयता तथा उद्धारमा संलग्न स्थानिय संघ–संस्थालाई प्रदान गरिनेछ । लस एन्जलसमा रहेको कम्पनीको कार्यालय पुनःखुलेसँगै आगलागीबाट प्रभावित...