काठमाण्डौ। काठमाण्डौस्थित पेरुको महावाणिज्य दूतावास र नेपाललाई मान्यता प्राप्त भारतस्थित पेरुको राजदूतावासले राजधानीमा पेरु फुड फेस्टिभल आयोजना गरेको छ।
मेरियट होटलमा आयोजना गरिएको ‘काठमाण्डौमा पेरुको स्वाद’ नामक सो फेस्टिभलमा पेरुको पाक सम्पदाका बारेमा जानकारी गराइएको थियो। यस्तै, पेरुको सबैभन्दा प्रतिष्ठित सिर्जनाहरु मध्ये एक पिस्को साउर (कागतीको रस, सिरप, अण्डाको सेतो भाग, एङ्गोस टुरा बिटर र आइसक्यूबको मिश्रणले बनेको ककटेल) को प्रवर्द्धन गरिएको थियो।
सो अवसरमा नेपालका लागि पेरुका मानार्थ महावाणिज्यदूत सुमित कुमार अग्रवालले विश्वका सबैभन्दा रुचाइएका पाक सम्पदामा पेरु समेत पर्ने बताए।
पेरु पाककलाको लामो इतिहासलाई सम्मान गर्दै हामीले यो कार्यक्रमको आयोजना गरेका छौं,’ उनले ुभने त्यहाँका सेफहरू र जनताको जोशले दुई देशबीचको जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न ठूलो योगदान पुर्याएकोमा म विश्वस्तछु।’