काठमाण्डौ । डिजिटल वालेट ‘आइएमई पे’ले IELTS टेस्टको शुल्क भुक्तानीमा १ हजार रुपैयाँ छुट सुविधा उपलब्ध गराउँदै आएको छ । सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले IELTS टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १ हजार छुट सुबिधा निरन्तर चलिरहने छ ।
यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो ELTS परिक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी गर्न सक्नेछन्।
आइएमई पे एपबाट IELTS टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा IELTS टेस्ट बुकिङमा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।