मंगलवार, माघ २२,२०८१ 10:18:59
IME remit
  • मंगलवार, माघ २२,२०८१ 10:18:59
IME remit
Global IME Bank Limited

स्थानीय तहको प्रतिष्पर्धात्मक लाभ पहिचानसम्बन्धी कार्यशाला सम्पन्न

Hyundai Nepal
स्थानीय तहको प्रतिष्पर्धात्मक लाभ पहिचानसम्बन्धी कार्यशाला सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । विराटनगर महानगरपालिका,नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजना तथा जिआइजेडको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिकाको प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।  

उक्त कार्यशाला गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विराटनगरलाई प्रदेशको भौगोलिक अवस्थिति र प्रमुख व्यापारिक राजमार्ग रानी– किमाथाङका, एसियन –हाइवे जस्ता कनेक्टिभिटीले भारत, चीन लगायत अन्य मुलुकको सहज पहुँचका कारण सीमापार व्यापारको प्रवेशद्वारको रूपमा स्थापित गरेको बताउँदै यहाँ स्थापित उद्योग प्रतिष्ठानहरूले देशका विभिन्न भागबाट आएका अवसरको खोजीमा रहेका कैयौँ युवा युवतीहरू लाई  रोजगारीको  प्रदान गरेको बताए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

अझ प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने हो भने नेपालको आर्थिक विकासमा टेवा पुग्ने समेत उनले बताए । कार्यशाला गोष्ठीलाई दीप्ति खकुरेलले सहजीकरण गरेको गोष्ठीमा महानगरपालिकाका उत्साहजनक आर्थिक क्षेत्रहरू व्यापार, उद्योग, कृषि तथा पशुपंक्षी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विश्लेषण गरि समूहगत रुपमा प्रस्तुति गरिएको थियो ।

कार्यशाला गोष्ठीमा बिराटनगर महानगरपालिका प्रमुख  नागेश कोइरालाले उद्योग व्यवसाय प्रवर्धनको लागि महानगरपालिका सदैव उद्योग,व्यवसायीहरूको साथमा रहेको बताउँदै नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै कुनै पनि व्यापार व्यवसायलाई बढाउन कनेक्टिभिटीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विराटनगरको रणनीतिक अवस्थितिले गर्दा पनि आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचानले महानगरपालिकाको आर्थिक विकासमा अझ सहयोग पुग्ने विश्वास गरे । 

Muktinath Bikas Bank Limited

जीआईजेडका उपप्रमुख प्राविधिक सल्लाहकार÷कम्पोनेन्ट प्रबन्ध रोशन श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । गोष्ठीमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पहिचान गरिएका क्षेत्रहरूमा महानगरको तर्फबाट धारणा राखेका थिए । कार्यशाला गोष्ठीमा महानगरपालिकाका वडा अध्यक्षहरू, विभिन्न उद्योग संगठनका  प्रतिनिधिहरू,निजी, सहकारी, गैर सरकारी संस्था,पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.