मंगलवार, आश्विन २७,२०८३ 01:52:07
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:52:07
Bizshala
Global IME Bank Limited

अटो बजारमा देखिन थाल्यो रौनक, हायर पर्चेज लोनमा बढोत्तरी

Bizshala
अटो बजारमा देखिन थाल्यो रौनक, हायर पर्चेज लोनमा बढोत्तरी
New Office

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने हायर पर्चेज लोनमा बढोत्तरी देखिएको छ । लामो समयसम्म सुस्तता छाएको अटो सेक्टर विस्तारै चलायमान बन्दै गएको तथ्याङ्कले देखाएको छ ।

सस्तो ब्याजदरका कारण अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा सुस्तता देखिएपनि हायर पर्चेज लोन अर्थात् सवारी साधन कर्जा प्रवाहमा भने उत्साह देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस्तो शीर्षकमा १ खर्ब २९ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो गत आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्ममा कुल १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका थिए ।

सो अवधिसम्म वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब १४ अर्ब १ करोड ८४ लाख रुपैयाँ सवारी कर्जा प्रवाह भएको छ । यो गत आवको सोही अवधिसम्मको तुलनामा ५.७४ प्रतिशत बढी हो ।

अधिकांश बैंकहरुले अटो कर्जा बढाएका छन् । समिक्षा अवधिमा एभरेष्टसहित १३ वटा बैंकको हायर पर्चेज कर्जा बढाएका छन् । तर, एनआइसी एशियासहित ७ वटाले भने घटाएको देखिन्छ ।

समिक्षा अवधिमा एभरेष्ट बैंकको सवारी कर्जा सर्वाधिक ८८.८७ प्रतिशत बढेको छ । दोस्रो स्थानमा रहेको नेपाल एसबिआईको ४५.६७ प्रतिशत बढेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ४४.५८ प्रतिशत, कृषि विकासको ३४.३८ प्रतिशत, सानिमाको १३.१६ प्रतिशत, हिमालयनको १२.३८ प्रतिशत वृद्धि भएको छ ।

तर, एनआइसी एशिया बैंकको सर्वाधिक घटेको छ । समिक्षा अवधिमा बैंकको सवारी कर्जा ४०.८९ प्रतिशत घटेर १ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डको ३९.७९ प्रतिशत, कुमारीको ३२.६७ प्रतिशत, नेपाल बैंकको १९.०७ प्रतिशत, लक्ष्मी सनराइजको १०.४६ प्रतिशत, माछापुच्छ्रेको ९.९८ प्रतिशत, प्रभूको २.७४ प्रतिशत घटेको छ ।

सवारी खरिदका लागि रकमका आधारमा भने सबैभन्दा ठुलो ऋण लगानी ग्लोबल आइएमईको छ । बैंकको यस्तो शीर्षकमा १५ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यता, नबिल बैंकको पनि ११ अर्ब ७० करोड ३६ लाख रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेको देखिन्छ । यी दुई बैंकको बैंकको सवारी कर्जा गत वर्षको तुलनामा क्रमशः ४.४५ र ४.८१ प्रतिशत बढी हो ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X