आईतवार, कार्तिक १,२०८३ 04:54:59
  • आईतवार, कार्तिक १,२०८३ 04:54:59
Global IME Bank Limited

नेपालमै पहिलो पटक सीआरएन नम्बर र सेयर आवेदन सेवा सिटिजन्स मोवाईल बैंकिङ एपमा

Bizshala
नेपालमै पहिलो पटक सीआरएन नम्बर र सेयर आवेदन सेवा सिटिजन्स मोवाईल बैंकिङ एपमा
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।

सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओ÷एफपीओ÷हकप्रदका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् । कारोवार सफलताको जानकारी ग्राहकले ‘रियल टाइम’ मा नै प्राप्त गर्नेछन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

 आईपीओ÷एफपीओ÷हकप्रदका आवेदनको भेरिफिकेशन वा रिजेक्सनको रियल–टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्धता पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झट मुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्ने र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउनेमा बैंक विश्वस्त देखिएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड  ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.