काठमाण्डौ । फोहोर टिप्ने बहाना बनाई ९४ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले चोरीमा संलग्न भारतीय नागरिक विकास पोदार र अन्य दुईजना पक्राउ गरेको हो ।
२६ वर्षिय पोदारले गत माघ २८ गते गोकणेश्वर नपा वडा नं .४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई भित्र प्रबेश गरी ६५ लाख रुपैयाँबराबरको सुनका विभिन्न गरगहना तथा नगद गरी चोरी गरेका थिए । उनलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरको हो । पक्राउ परेपछि प्रहरीले अनुसन्धान गर्दै जादा उनी अन्य चोरीको घटनामा समेत संलग्न पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनी समेत संलग्न भई अन्य दुई जनाले गत माघ २४ गते बुढानिलकण्ठस्थित दिनेश घिमिेरेको घरबाट २५ लाख बराबरेको सुन तथा नगद चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुले माघ २८ गते पनि गोकर्णेश्वरस्थित गिता राईको घरबाट ४ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत बौद्ध पठाइएको नेपाल प्रहरीले जनाएको छ । तीनै जनाले फोहोर टिप्ने बहाना बनाई चोरी गर्ने गरेका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                