काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले २३ औं साधारण सभा डाकेको छ । उक्त सभा पुस २६ गते चितवनको सौराहमा रहेको होटल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवका लागि प्रस्तावित ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयर जारीपश्चात जारी तथा चुक्तापूँजी बडाउने र अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा ३ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १७ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।