काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको अजेण्डाबिना साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीको १३ औं साधारण सभा आगामी पुस २८ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कर्जा सुविधा स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०÷८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।