काठमाण्डौ । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’का बारेमा जानकारी दिइएको हो ।
भ्रमण वर्षका लागि बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरिएको छ । उक्त भ्रमण वर्षको उद्देश्य नयाँ पर्यटन गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा पर्यटकीय गन्त्व्यको प्रवद्र्धन गुर्न रहेको छ । भ्रमण वर्षमार्फत बन्दस्पुरमा वार्षिक २ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
यस्तै भ्रमण वर्षमा वार्षिक १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाइएको जनाइएको छ ।
यस्तै भ्रमण वर्षमा पर्यटकको औसत बसाइ ३ दिन पुर्याइने समेत लक्ष्य लिइएको छ । यस्तै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक ३ हजार रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ ।