काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी नेपालको एक मात्र निजि क्षेत्रबाट प्रवद्र्धित पुनर्बीमा कम्पनी कम्पनी हो । यो कम्पनी अन्तराष्ट्रिय रेटिङ पाउने नेपालको एकमात्रै बीमा कम्पनी हो । यो कम्पनीले एएम वेष्टबाट ‘बी’ प्लस रेटिङ पाएको छ ।
यो कम्पनीमा गोल्छा ग्रुप, शंकर ग्रुप, इन्फिनिटि होल्डिङलगायतको लगानी रहेको छ । कम्पनीले अन्तराष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य लिएको छ । यस कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा करिब ५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मूनाफा २२ करोड ६३ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको ब्ुक भ्यालु १५२.६१ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ८.७१ रुपैंयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ५.७१ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.२७ प्रतिशतले कम हो ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड
फियर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनी हाल वियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो इन्डेक्समा कम्पनीको मूल्य ० देखि २० मा भए स्ट्रङ वियरिस, २० देखि ४० सम्म वियरिस, ४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । हाल यो कम्पनीको सेयर भ्यालु २० देखि ४० को बिचमा चलको कारण वियरिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य १०१९ र न्यून मूल्य ३४० रुपैयाँ रहेको छ ।
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल तल्लो ब्याण्डमा चलेको र बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । यद्यपी मध्य ब्याण्डलाई ब्रेक गरेको अबस्था भने होइन । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रस ओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । अर्थात बुलिस क्रसओभर बन्दै गरेको अबस्था रहेको छ । आरएसआईमा यो कम्पनीको सेयरमूल्यमा बुलिस डाइभर्जेन्स देखिन्छ । अर्थात सेयरको मूल्य घट्दै जाँदा आरएसआई ओभर सोल्ड जोन २६ बाट फर्केर ३४ मा पुगेको छ ।
पिभट् प्वइन्टः
पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ९७८
प्रतिरोध २ – ९४६
प्रतिरोध १– ९००
पिभट् प्वइन्टः ८६८
घटेमा सपोर्ट
सपोर्ट १– ८२३
सपोर्ट २– ७९१
सपोर्ट ३ –७४५
निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको अवस्था ठीकै देखिन्छ । कम्पनीको जगेडा कोष बलियो रहेको छ । तर अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको रिर्टन अन इक्विटी भने ३०.२७ प्रतिशतले घटेको आएको छ । बुक भ्यालु भने ३.६ प्रतिशले बढेको छ । प्राविधिक रुपमा यो कम्पनीको सेयर मूल्यले करिब करेक्सन सकिदैं गरेको संकेत गरेको छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केको छ भने म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । यस कम्पनीमा लगानीकर्ताको सेन्टिमेन्ट फियर एण्ड ग्रिड इन्डेक्समा भने वियरिस नै रहेको देखिन्छ । कम्पनीको सेयर भाउले आगामी दिनमा माथिको यात्रा तय गरेको खण्डमा पिभट् प्वइन्टको तेस्रो प्रतिरोधसम्म पुग्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।