बुधबार, माघ २३,२०८१ 01:25:44
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:25:44
IME remit
Global IME Bank Limited

इलिअट वेभबाट हेर्दा एनआइसीको मूल्य रु. १३४०, एभरेष्टको १२०० पुग्नसक्ने, नवील र स्ट्याण्डर्ड चार्टर्डबीच कडा टक्कर

Hyundai Nepal
इलिअट वेभबाट हेर्दा एनआइसीको मूल्य रु. १३४०, एभरेष्टको १२०० पुग्नसक्ने, नवील र स्ट्याण्डर्ड चार्टर्डबीच कडा टक्कर
Nabil Bank Limited

– अर्जुन तिमिल्सिना 
काठमाण्डौ । पछिल्लो २ वर्षदेखि सेयर बजारमा बैंकिङ सेक्टर खासै चलेको देखिँदैन। कुनै बेला चम्केका वाणिज्य बैंकका सेयरभाउ अहिले निकै तल आएको छ । 

वाणिज्य बैंकहरुको रिटर्न अन इक्वीटी(आरओई) कमजोर बन्दै जाँदा कतिपय लगानीकर्ताहरुले हिजोको दिनमा सुरक्षित ठानिएको बैंकहरुबाट लगानी समेत झिकिरहेका छन् । 

बैंकमा गरिएको लगानीले एकदिन गज्जबको रिटर्न दिने आशासहित पर्खिएर बसेकाहरुको समेत यतिबेला मनोबल कमजोर बन्दै गएको देखिन्छ । तर यही बेला कतिपय बजार जानकार बैंकिङ सेक्टर नचली बजारमा बुल नआउने तर्क गर्छन्। 

गत आर्थिक वर्ष २०७९–८० वार्षिक वित्तीय विवरण हेर्दा धेरैजसो वाणिज्य बैंकहरुको लाभांश क्षमता त्यति राम्रो देखिँदैन। तर, सीमित संख्याका वाणिज्य बैंकले भने राम्रै लाभांश वितरण गर्ने क्षमता पनि राख्छन् । 

वाणिज्य बैंकहरुको वित्तीय विवरणको कुरा गर्दा हिजोको परिदृश्यमा परिवर्तन समेत आएको देखिन्छ । हिजोको दिनमा लामो समयसम्म दोश्रो बजारको क्रिम स्क्रीप्ट मानिएको नवील बैंक लाभांश क्षमताकै कारण अहिले पछाडि परेको छ भने मध्यम अवस्थामा रहेको एभरेष्ट बैंक चम्किएको छ । 

अघिल्लो बुलमा निकै माथि पुगेर लामो समयसम्म न्यून मूल्यमा थन्किएको स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि अहिले वाणिज्य बैंकहरुको दोश्रो बजार मूल्यको सूचीमा माथि उक्लिएको छ र अझै अगाडि बढ्ने अवस्थामा छ । 

गत आर्थिक वर्षका लागि माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरिसकेको छ। लाभांशको सिजन पनि सुरु भएकोले अहिले लगानीकर्ताको रोजाइमा एनआईसी एसिया, एभरेस्ट, नबिल र स्ट्यान्डर्ड चार्टर्ड बैंक परेको देखिन्छ । यिनीहरुमा बढिरहेको मूल्य र लगानीकर्ताको आकर्षणले यही कुरा पुष्टि गर्छ । 

वाणिज्य बैंकमध्ये यी चारलेराम्रो लाभांश बाँड्ने लगानीकर्तामा आशा देखिन्छ। यीमध्ये एभरेस्ट बैंकले पेश गरेको वित्तीय विवरणलाई राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिइसकेको छ। एनआइसी एशिया बैंकले एभरेष्टसँगै पेश गरेको वित्तीय विवरणले यही साताभित्र प्रारम्भिक सहमति पाउने सम्भावना छ । त्यसो भयो भने यही साताभित्र एभरेष्ट र एनआइसी एशिया बैंकले पनि गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्नेछन् । 

दोश्रो बजार मूल्यको हिसाबले टप फोरमा परेका बैंकमध्ये नवील र स्ट्याण्डर्ड चार्टर्डले भने राष्ट्रबैंकमा ब्यालेन्ससिट बुझाएका छैनन् । 

आज हामीले प्राविधिक रुपमा यी ४ बैंकलाई केलाउने कोसिस गरेका छौँ। 

प्रतिसेयर आम्दानीको हिसाबले हेर्दा एनआईसी एसिया पहिलो स्थानमा छ । यो बैंकको प्रतिसेयर आम्दानी ४०.२२  रुपैयाँ र रिटर्न अन इक्विटी १६.७८ प्रतिशत रहेको छ।

त्यसैगरी प्रतिसेयर आम्दानीको हिसाबले दोस्रो स्थानमा स्ट्यान्डर्ड चार्टर्ड रहेको छ। यो बैंकको बजारमूल्य ५६३ रुपैयाँ र प्रतिसेयर आम्दानी ३७.३९ रुपैयाँ रहेको छ। यो बैंकको रिटर्न अन इक्विटी १८.५६ प्रतिशत रहेको छ।  

प्रतिसेयर आम्दानीकै हिसाबले तेस्रो स्थानमा एभरेस्ट बैंक रहेको छ। एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी ३१.७२ रुपैयाँ रहेको छ। यो बैंकका रिटर्न अन इक्विटी १४.२ प्रतिशत रहेको छ। 

प्रतिसेयर आम्दानीकै हिसाबले चौथो स्थानमा नबिल बैंक रहेको छ। यो बैंकको प्रतिसेयर आम्दानी २७.८२ रुपैयाँ रहेको छ। यो बैंकको रिटर्न अन इक्विटी १३.८३ प्रतिशत छ। 

आज हामीले यदि आगामी दिनमा बजार बढेमा इलिअट वेभका आधारमा यी बैंकहरुले बजारमा गर्नसक्ने प्रदर्शन, मूल्य र लगानीकर्ताले राख्न सक्ने टार्गेटलाई विश्लेषण गर्ने कोशिश गरेका छौं।

इलिअट वेभमा बजार तथा बैंकको मूल्य माथि जाने ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।

 

निष्कर्ष
आधारभूत रुपमा बलिया र राम्रा यी ४ बैंकलाई हामीले इलिअट वेभमार्फत आगामी दिनमा मूल्य बढेमा पुग्न सक्ने टार्गेट सेट गरेका छौँ। जसमा सबैभन्दा उच्च मूल्य एनआईसी एसियाको मूल्य १३४० रुपैयाँसम्म, एभरेस्टको १२०० रुपैयाँसम्म, नबिलको ७६० रुपैयाँसम्म र स्ट्यान्डर्ड चार्टर्डको ७२५ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। 

(नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।)

Bizshala
CG Motors
Sagarmatha Cement

एनआईसी एसिया


यो बैंकको दोस्रो बजारमा आज ७९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। इलिअट वेभबाट हेर्दा यो बैंकको सेयरभाउ हाल तेस्रो वेभ चल्दै गरेको देखिन्छ। वेभ–१ मा बैंकको सेयरभाउ ६०० देखि ८४५ रुपैयाँसम्म चलेको देखिन्छ। 

त्यसैगरी वेभ २ मा करेक्सन भएर यो बैंकको सेयरभाउ ६६५ रुपैयाँसम्म र वेभ–३ मा हालको बढोत्तरी १०७५ रुपियाँ सम्म पुग्न सक्ने देखिन्छ। वेभ–४ मा केही करेक्सन भएर पुनः ९७५ रुपैयाँसम्म सेयरभाउ आउन सक्छ। त्यसपछि वेभ–५ मा यो बैंकको सेयरभाउ १३४० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। 

 

Muktinath Bikas Bank Limited

एभरेस्ट बैंक

एभरेस्ट बैंकको दोस्रो बजारमा आज ६२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। इलिअट वेभबाट हेर्दा यो बैंकको सेयरभाउले पनि हाल तेस्रो वेभ चल्दै गरेको देखिन्छ। वेभ–१ मा बैंकको सेयरभाउ तल्लो मूल्य ४०० रुपैयाँ देखि ७२१ रुपैयाँसम्म चलेको देखिन्छ। 

त्यसैगरी वेभ–२ मा करेक्सन भएर सेयरभाउ ६७२ रुपैयाँसम्म र वेभ–३ मा हालको बढोत्तरी ८८८ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। वेभ–४ मा केही करेक्सन भएर ७५० रुपैयाँसम्म आउन सक्छ। त्यसपछि वेभ–५ मा यो बैंकको सेयरभाउ १२०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ।

नबिल बैंक

नबिल बैंकको सेयर आज दोस्रो बजारमा ५८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। इलिअट वेभबाट हेर्दा यो बैंकको सेयरभाउ पनि हाल दोस्रो वेभमा चल्दै गरेको देखिन्छ। वेभ–१ मा बैंकको सेयरभाउ तल्लो मूल्य ५८०  रुपैयाँदेखि ६५५ रुपैयाँसम्म चलेको देखिन्छ। 

त्यसैगरी वेभ–२मा करेक्सन भएर ५७५ रुपैयाँसम्म र वेभ–३ मा हालको बढोत्तरी ६९० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। वेभ–४ मा केही करेक्सन भएर नबिल बैंकको सेयरभाउ ६६० रुपैयाँसम्म आउन सक्छ। त्यसपछि वेभ–५ मा पुनः बढेर यो बैंकको सेयरभाउ ७६० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। 

स्ट्यान्डर्ड चार्टर्ड

दोस्रो बजारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर आज ५६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। इलिअट वेभबाट हेर्दा यो बैंकको सेयरभाउले पनि हाल तेस्रो वेभमा नै चल्दै गरेको देखिन्छ। वेभ–१ मा बैंकको सेयरभाउ तल्लो मूल्य ३९० रुपैयाँदेखि ५०८ रुपैयाँसम्म चलेको देखिन्छ। 

त्यसैगरी वेभ–२ मा करेक्सन भएर ३९० रुपैयाँसम्म र वेभ–३ मा हालको बढोत्तरी ६०० रुपैयाँसम्म पुग्न सक्छ। वेभ–४ मा केही करेक्सन भएर ५५७ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। त्यसपछि वेभ–५ मा यो बैंकको सेयरभाउ बढेर ७२५ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.