बिहीबार, बैशाख ३१,२०८३ 07:05:06
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:05:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा पुस १९ गते देश भरी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौ, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ,पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरिएको छ ।

सोही अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीच ‘ब्चत ायच भ्बचतज, ऋयmदबतष्लन ऋष्mिबतभ ऋजबलनभ’ शिर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङलाई रु. ५० हजार नगद  र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालयअन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु. १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।  

Bizshala
New Office
CG Motors

त्यसैगरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरु तथा समाचारहरु प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारहरुलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ले सम्मानीत गरेको छ । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारहरु सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाण्डौ), र माधव प्रसाद अर्याल (पाल्पा) लाई क्रमशः रु. ३५, २५ र १५ हजार, नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।  

उपरोक्त दुवै प्रतियोगिताहरुमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरुको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग,विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग,वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसँग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष भरत राज ढकालले गरे भने सञ्चालक उमेश कुमार आचार्यले स्वागत मन्तब्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र धन्यवाद मन्तब्य सञ्चालक नारायण कुमार श्रेष्ठले राखेका थिए ।  

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४१ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.