काठमाण्डौ । रुसमा नयाँ कारको बिक्री ४७ प्रतिशतले बढेको छ । रुसको उद्योग तथा व्यापार मन्त्रालयले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा रुसमा १५ लाख ५० हजार नयाँ कार बिक्री भएको हो ।
यद्यपी सन् २०२५ मा भने बढ्दो मुद्रास्फितीका कारण नयाँ कारको बिक्री १० प्रतिशतले घट्दै १४ लाख ३० हजारमा सीमित हुने रुसी विश्लेषण एजेन्सी ‘अटोस्ट्याट’का प्रमुख सरगेई टिसेलीकोभ ले बताए ।
रुसले सन् २०२२ जनवरीमा युक्रेनमाथि हमला सुरु गरेयता रुसको कार बजारमा व्यापक परिवर्तन आएको छ । पश्चिमा कार निर्माता कम्पनीहरुले रुसमा आफ्नो उपस्थिती घटाएका छन् भने चिनियाँ कम्पनीको दबदबा बढेको छ ।