काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत भएको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
पौडेलले व्यक्तिगत कारण देखाउँदै पुस १७ गतेदेखि लागू हुनेगरी सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् ।