सोमबार, श्रावण १८,२०८३ 03:14:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:14:58
Bizshala
Global IME Bank Limited

भियतनामसँग अमेरिकाको व्यापार घाटा ११० अर्ब डलर नाघ्यो

भियतनामसँग अमेरिकाको व्यापार घाटा ११० अर्ब डलर नाघ्यो
New Office

काठमाण्डौ । भियतनामसँग अमेरिकाको वैदेशिक व्यापार घाटा ११० अर्ब डलर नाघेको छ । अमेरिकाको तथ्यांक विभागले हालै सार्वजनिक गरेको आँकडाअनुसार सन् २०१४ को ११ महिनामा भियतनामसँगको व्यापार घाटा ११० अर्ब डलर नाघेको देखिएको हो ।  

अमेरिकी डलरको तुलनामा भियतनामको मुद्रामा आएको करेर्डतोड गिरावटका बाबजुत अमेरिकामा भियतनामको व्यापारमा उछाल आएको छ । भियतनामसँगको व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । आँकडाअनुसार भियतनाम अमेरिकासँग व्यापार बचतमा रहेको तेस्रो ठूलो देश हो । अमेरिकासँग बचतको व्यापार गर्नेमा भियतनामभन्दा अघि चीन,युरोपेली युनियन र मेक्सिको रहेका छन् ।  

यी देशहरुसँग अमेरिकाको बढ्दो व्यापर घाटाले जोखिम निम्त्याएको विश्लेषकहरुले बताएका छन् । यसका साथै यसले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातमा २० प्रतिशत भन्सार शुल्क लगाउने सम्भावना बढाएको छ ।  

भियतनामका लागि अमेरिका सबैभन्दा ठूलो बजारको रुपमा रहदै आएको छ । भियतनाममा एप्पल,गूगल,नाइकी र एन्टेल जस्ता निर्यातमुखि बहुराष्ट्रिय कम्पनीहरु सञ्चालनमा रहेका छन् ।  

पछिल्लो समय भियतनामको मुद्रा डोङ डलरको तुलनामा कमजोर बनेको छ । कमजोर बनेको मुद्रालाई बलियो बनाउन भियतनामको केन्द्रीय बैंकले हस्तक्षेप गर्न सक्ने जनाएको छ । केन्द्रीय बैंकले विगतमा पनि देशको मुद्रालाई बलियो बनाउन डलर बिक्री गर्ने गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.