शुक्रबार, पुष २६,२०८१ 01:26:36
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 01:26:36
IME remit
Global IME Bank Limited

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी सम्पन्न

Hyundai Nepal
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ। नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानून, साइबर सुरक्षा, अपराध र चुनौतिका सवालमा छलफल र बहस गरे ।

संगोष्टीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराधहरु भइरहेको तथा साइबर सम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यवसायिकताका बारेमा कलेजका विद्यार्थीहरुलाई सचेतना दिन संगोष्टी आयोजना गरिएको बताए। साइबर सुरक्षा संगोष्टीबाट विद्यार्थीहरुले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक प्राविधिक ज्ञान प्राप्त गर्ने विस्वास व्यक्त गरे ।

Bizshala
CG Motors
Sagarmatha Cement

संगोष्टीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साईबर अपराध, साइबर सुरक्षा र कानूनलाई बलियो बनाउन काम गरिरहेको बताउनु भयो । उनले सरकारी तवरबाट आम नागरिकलाई साइबर सम्बन्धी सचेतना दिने कार्यसँगै कानूनमा रहेका कमजोरीहरु सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकोले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराध बारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए ।

संगोष्टीमा बोल्दै राष्ट्रिय साइबर व्यूरोका एसपी दीपकराज अवस्थीले नेपालको साइबर कानुन, साइबर अपराधका बारेमा सहभागीहरुलाई जानकारी गराए । उनले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुखःद भएको बताउँदै नेपालमै रहेर भिओआईपी प्रयोग गरेर साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकोले विद्यार्थीहरुलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरे ।

Muktinath Bikas Bank Limited

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले साइबर सुरक्षा संगोष्टीले विद्यार्थीहरुलाई साइबर सुरक्षा, कानून र अपराधका बारेमा ज्ञान दिने जिकीर गरे । उनले इन्टरनेटको माध्यमबाट हुने अपराधहरु बारे विशेषगरी युवा पुस्ता विद्यार्थीहरुले बढी जानकारी लिनुपर्नेमा जोड दिए ।

ई–सेवाका इन्जिनियर सुदिप पाठकले निजी क्षेत्रले खासगरी रकम भुक्तानी सम्बन्धी साइबर सुरक्षा, समस्या र चुनौति तथा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिए । संगोष्टीमा साइबर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खनाल, ल इम्पेरियलका प्रबन्ध निर्देशक सुरेन्द्र तिवारी, मेरो शिक्षाका संस्थापक अनुप उप्रेती, आइसिटी अवार्ड विजेता क्रिमसन टेकका रुकेश दुवाल, कलेजका कम्प्युटर डिपार्टमेन्टका प्रमुख जीतबहादुर बोहरा, विद्यार्थी कल्याण समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।

दुई दिनसम्म चलेको साइबर सुरक्षा संगोष्टीमा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.