बिहीबार, बैशाख ३१,२०८३ 06:14:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:14:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डले अध्यक्ष कहिले पाउँछ ? अर्थमन्त्रीलाई नै छैन जानकारी
Shivam Cement

काठमाण्डौ । भित्रभित्रै तीव्र मोलमोलाई हुँदै गरेको नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषय अन्यौलमा परेको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को चाहनाअनुसार धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न समिति बनाए पनि त्यसले गरिरहेको कामको विषयमा तालुकदार निकायहरु भने बेखबर छन् ।  

भित्रभित्रै तीव्र मोलमोलाई चलिरहेको धितोपत्र बोर्डको नयाँ अध्यक्ष बन्न चाहनेले ४० करोड रुपैयाँसम्म बुझाउनुपर्ने शर्त आएपछि केही औद्योगिक घरानाहरुले आफ्ना प्रिय पात्रहरुलाई अगाडि बढाउन थालेका छन् । 

Bizshala
New Office
CG Motors

खासमा सत्ता साझेदार दलबीच विभिन्न सार्वजनिक निकायहरुमा नियुक्तिको विषयमा यसअघि नै भागबण्डा मिलिसकेको छ । भागबण्डाअनुसार धितोपत्र बोर्डको अध्यक्ष माओवादीले पाएको छ । यहीकारण पनि कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनौट प्रक्रिया कहाँ पुग्यो, कुनै जानकारी छैन ।  

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार माओवादीको भागमा धितोपत्र बोर्डको अध्यक्ष परेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले ग्रिन सिग्नल दिएपछि मात्र काम अगाडि बढ्नेछ ।  

ती अधिकारीले कतिपय मिडियाहरुले बोर्ड अध्यक्षका लागि ४० करोडसम्म मागिएको कुुरा खुलासा गरिदिएपछि यो विषयले समेत प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेको छ । ‘एकातिर प्रधानमन्त्री स्वयम् सुशासन कायम गराउन सक्रिय हुनुहुन्छ । तर उहाँकै आसपासका व्यक्तिहरुले धितोपत्र बोर्डको अध्यक्षका लागि बार्गेनिङ सुरु गरेको विषय बाहिरिएपछि उहाँलाई समस्या भएको हामीले बुझेका छौं । यहीकारण पनि ढिलो भएको हो कि ।’ अर्थका ती अधिकारीले बिजशालासँग भने–‘धितोपत्र बोर्डका अध्यक्ष नहुँदा बजारमा अराजकताले सीमा नाघेको विषयमा तपाई(मिडिया)हरुको खबरदारी दैनिकजसो आइरहेको छ । यस्तो अवस्थामा बोर्डको अध्यक्ष चाँडो नियुक्त गरेर सर्वसाधारणलाई ठगिनबाट जोगाउनुपर्नेमा ढिलाई गर्नु न्यायोचित हुँदैन ।’  

यसमा त अर्थमन्त्रालयले नै पहल लिनुपर्ने विषय होइन र ? भन्ने प्रश्नमा ती अधिकारीले भने–‘यो अर्थमन्त्री लेभलको कुरा होइन । त्योभन्दा हाई लेभलको कुरा भयो । यसमा अर्थमन्त्री ज्यूले गर्नसक्ने केही पनि छैन ।’  

प्रधानमन्त्री निकट स्रोतका अनुसार धितोपत्र बोर्डको नयाँ अध्यक्ष ढिलोमा एक महिनाभित्र बजारले पाइसक्नेछ । ‘प्रधानमन्त्री स्वयम् पछिल्लो समय बजारमा बढेको अराजकता र सबै कुरा सहज हुँदा हुँदै पनि लगानीकर्ताको मनोबलमा आएको गिरावटका कारण चिन्तित हुनुहून्छ ।’ प्रमको सचिवालयका एक सदस्यले भने–‘सुशासन कायम गराउने र बजारलाई अनुशासित बनाउने विषयमा प्रधानमन्त्रीको प्रष्ट नीति र निर्देशन छ । कसैले दायाँबाया गरे कानूनले छाड्ने छैन ।’  

को बन्ला नयाँ अध्यक्ष ?

विभिन्न स्वार्थ समूहहरुको तीव्र चलखेल र माओवादी नेतृत्वको चाहनालाई आधार मान्दा अहिले पनि धितोपत्र बोर्डको अध्यक्षमा दुईजनाको नाम नै प्रवल सम्भावना रहेको छ ।  

पहिलो नाम बीमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईंको रहेको छ । उनी माओवादीका प्रिय पात्र हुन् । उनलाई पछिल्लो समय केही औद्योगिक घरानाले स्पोन्सर्ड गरिदिने वचन दिइसकेका छन् । यसकारण उनको सम्भावना निकै बलियो देखिन्छ ।  

अर्का सम्भावित पात्र हुन् सुशील भट्ट । उनी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । उनलाई पनि सदाबाहर चलखेल गर्ने गिरोहले अगाडि बढाएको छ । उनी धितोपत्र बोर्डको अध्यक्ष भएर काम गर्न इच्छुक देखिएका छन् ।  

यसअघि लगानीबोर्डको सीईओ भएकै बेला महाप्रसाद अधिकारीलाई तत्कालीन सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त गरेको थियो । सुशील भट्ट पनि अधिकारी जसरी नै लगानी बोर्डलाई बीचैमा छाडेर पूँजी बजारको नियामक धितोपत्र बोर्डमा आउन चाहेका छन् ।  

उनलाई बोर्डको अध्यक्ष बनाउने अभियानमा उनकै भाई दीपक भट्ट सक्रिय छन् ।  

यसअघि दीपक भट्ट र केही औद्योगिक घरानाहरुको डिजाइनमा रमेश हमाललाई धितोपत्र बोर्डको अध्यक्ष बनाइएको थियो । हमाललाई नयाँ स्टक एक्सचेञ्ज ल्याउने गरी सो समूहले अध्यक्ष बनाएको थियो । तर, अन्तिम अवस्थामा समेत हमालले नयाँ स्टक एक्सचेञ्जको अजेण्डालाई कार्यान्वयनमा ल्याउन सकेनन् ।

अब बन्ने अध्यक्षलाई नयाँ स्टक एक्सचेञ्ज ल्याउनेसहितको शर्तमा चलखेल गर्न माहिर गिरोहले अगाडि बढाउन चाहेको छ । यस्तो चलखेलमा दीपक भट्ट निकै अगाडि छन् । उनलाई कतिपयले निकै प्रभावशाली बिचौलिया पनि भन्ने गरेका छन् ।  

जुनसुकै दलको सरकार आए पनि काम गराउनसक्ने कलाका कारण दीपक भट्टले आफ्नै दाई सुशील भट्टलाई बोर्ड अध्यक्ष बनाउने प्रवल सम्भावना रहेको स्रोतहरु दाबी गर्छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.