काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा चैत मसान्तभित्र आयोजना गर्ने भएको छ । संस्थाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक वित्तिय विवरण बाह्य लेखा परिक्षकबाट लेखा परिक्षण गर्ने कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट स्विकृति प्रक्रियामा रहेको संस्थाले जनाएको छ।
यसथै संस्थाको वासर्षक साधारण सभा २०८१ पुस मसान्तभित्र गर्न नसकिएको संस्थाले जनाएको छ । उक्त आर्थिक वर्षको साधारण सभा २०८१ चैत्र मसान्त भित्र सम्पन्न गरिने संस्थाले जनाएको छ ।
संस्थाको ११ औं साधारण सभा गत असार २१ गते शुक्रबारका दिन पोखरामा रहेको होटल बाराही पोखरामा आयोजना गरेको थियो ।