काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले आजै नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका २२ करोड ५० लाख रुपैयाँ दरका कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासन गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।