बिहीबार, श्रावण २८,२०८३ 03:03:40
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 03:03:40
Bizshala
Global IME Bank Limited

डबल बटम प्याटर्न बनाउँदै गरेको बजारमा फाइनान्स समूहमा उच्च गिरावट, कस्तो रहला आगामी साता ?

Prabhu Bank Limited
डबल बटम प्याटर्न बनाउँदै गरेको बजारमा फाइनान्स समूहमा उच्च गिरावट, कस्तो रहला आगामी साता ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४  दिनमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६३५.९ मा बन्द भएको बजार यो साता २ हजार ५८८.६२ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता नेप्से परिसूचक ४६.४७ अंकले घट्यो ।  

अघिल्लो साता भने नेप्से परिसूचक ४८.८६ अंकले बढेको थियो ।  यो साता ४ कारोबारमा नेप्सेमा २२ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता ५ कारोबारमा ३० अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता सूचक र काराबोर दुबै घट्यो । यो साता बजार पूँजीकरण ४२ खर्ब ९३ अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ७० अर्ब रहेकोे थियो  । यस हिसाबले यो साता बजार पूँजीकरण झण्डै ७७ अर्बले घट्यो ।  

प्राबिधिक पक्षः  

डबल बटम प्याटर्न

डबल बटम प्याटर्न भनेको बुलिस प्यार्टन हो । यस्तो प्याटर्न प्रायः साइडवेज बजारमा बन्ने गर्छ । पछिल्लो समय ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा पहिलो बटम बनाएको देखिन्छ । त्यसपछि करिब २८ सयसम्म पुगेको बजार यो साता २५८८ विन्दुमा बन्द भएको छ । हाल करेक्सनमा चलेको बजार यदि फेरि २५ सय भन्दा तल आँउछ भने त्यो दोस्रो बटम हुनेछ । त्यसपछि हालको करेक्सन करिब अन्त्य गर्दै फेरी बजारले बुलिस यात्रा तय गर्न सक्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले ५ सातासम्म मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । अर्थात मध्य ब्याण्डबाट माथि जान सकेको छैन । साप्ताहिक रुपमा म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । आरएसआई ५० को तहमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा बजार बियरिस नै देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७७७

प्रतिरोध २ – २७२५

प्रतिरोध १–  २६८०

पिभट् प्वइन्टः २६७२

घटेमा सपोर्ट  

सपोर्ट १– २५८२

सपोर्ट २– २५३०

सपोर्ट  ३ –२४८४

निष्कर्षः अघिल्लो साता ४८ अंकले बढेको बजार यो साता ४६ अंकले घट्यो  । पछिल्लो पाँच साताको बजारलाई नियाल्दा बजार तीन साता घट्यो भने २ साता बढ्यो । साप्ताहिक रुपमा बजार मध्य ब्याण्डबाट माथि लाग्न सकेन । कोरोबार तथा भोल्युमबाट नियाल्दा औषत कारोबार देखिन्छ । यदि बजारमा १० अर्बमाथि कारोबार भएको खण्डमा मात्रै कारोबारबाट बजार बुलिस भन्न सकिन्छ ।  

यस हिसाबले हालको बजार इन्डिकेटर, प्राइस एक्सन ,कारोबार तथा भोल्युम सबै तर्फबाट बजार साइडवेजमा चलेको देखिन्छ । नेप्सेमा प्रायः माघ , फागुन र चैत्रमा बोनस तथा हकप्रदले आपूर्ति बढ्ने भएको कारण पनि सिजनल रुपमा पनि यो समय बजारमा केही बिक्री दबाब नै पर्ने गर्छ । यस कारण पनि बजार अझै केही समय साइडवेज चल्ने सम्भावना रहन्छ ।  

समूहगत रुपमा हेर्दा यो साता फाइनान्स समूहमा अधिक करेक्सन आयो भने बाँकी अन्य समूहमा सामान्य करेक्नस देखियो । 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.